![](https://myagdinews.com/wp-content/uploads/2021/10/deuba12.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने हुनुभएको छ ।
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । अनलाइनखबरबाट