काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनीरभैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ ।
कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएको बताउनुभएको छ । बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ । क्यानले राष्ट्रिय सम्झौतामा रहेका खेलाडीहरूको तलबमा वृद्धि गरको छ । जसअन्तर्गत ए ग्रेडमा रहेका खेलाडीहरूको १० हजार बढाएको छ । रातोपाटीबाट