बेनी बजार अनुगमन (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । शुक्रबार म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल ,न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्यान्टिन र ५ वटा किराना पसलमा अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख सहन्सा कुमार मेहताले बताउनुभयो ।

बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको , मुल्यसुची नराखेर संचालन गरेको र नवीकरण नगरेको पाइएको छ । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्न उद्योगी, व्यवसायीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो।करिब चालिस हजार मुल्य बराबरको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ ।  दसैँ, तिहार र छठ लगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर  निरन्तरता दिइने कार्यालयले जनाएको छ । अनुगमनमा उद्योग तथा पर्यटन कार्यालय प्रमुख पोषनाथ शर्मा , म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ सहित जिल्ला प्रशासन कार्यालय ,बेनी नगरपालिका ,जिल्ला प्रहरी कार्यालय,र पत्रकार महासंघ म्याग्दी शाखाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार