दग्नामका मृगौला पीडित अमृतलाई प्रवासबाट सहयोग

दग्नाम । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेका दग्नामका एक युवालाई रोजगारीका शिलशिलामा प्रवासमा रहेका दग्नामीहरुले आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ लाख ७१ हजार २ सय २५ रुपैयाँ अर्थिक सहयोग गरेका हुन् । प्राप्त रकम शनिवार वडा कार्यलयमा एक कार्यक्रम बीच निवर्तमान वडा अध्यक्ष रुकबहादुर गर्बुजाले मृगौला पीडित गर्बुजालाई हस्तान्तरण गर्नु भयो ।

सहयोग रकम हस्तान्तरणको अवसरमा साविकको दग्नाम हाल पोखरा निवासी जसबहादुर गर्बुजाले रु. पाँच हजार सहयोग गरेका छन् । गर्बुजा बिगत ९ बर्ष अघि स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परिक्षण गर्ने क्रममा मृगौलामा खारावी भएको पत्ता लागेको थियो । दुवै मृगौलाले काम गर्न छोडेपछि आज भन्दा ३ बर्ष अगाडी काठमाडौंस्थित धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गर्नुभएको थियो ।
लामो उपचार पश्चात मृगौला प्रत्यारोपण गरेर केही समय बिश्राम पाएका गर्बुजा पुन मृगौलामा समस्य आए पश्चात फेरी उपचार गर्नु पर्ने बाध्यता रहेको दग्नाम एकता क्लवका उपाध्यक्ष टेकेन्द्र गर्बुजाले बताउनु भयो । गर्बुजाले हाल बेनी अस्पताल डाइलासिस सेन्टरमा मासिक ३ पटक डायलिसिस उपचार गराउदै आउनुभएको छ । सहयोग रकम ग्रहण गर्दै पीडित गर्बुजाले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

दग्नामी समाज हङकङको अगुवाईमा संकलित सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष पविन गर्बुजा, दग्नाम पुर्ख्यौली संरक्षण समितिका अध्यक्ष हिमलाल गर्बुजा, नांगीदेवी आमा समूह, शिद्द्भुमे आमा समूह लगायत अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार