प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगिता : बेनी सामुदायिक र न्यू वेष्ट पोइन्ट फाइनलमा भिड्दै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिका लागि बेनी सामुदायिक मावि र न्यू वेष्ट पोइन्ट आवासीय माविबीच प्रतिस्पर्धा हुने भएको छ ।

लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा शुक्रबार सम्पन्न सेमिफाइनलमा बेनी आवासीय माविलाई ०-५ गोलले पराजित गर्दै बेनी सामुदायिक मावि फाइनलमा प्रवेश गरेको हो। भने अर्को सेमीफाइनलमा धौलागिरी माविलाई ०-५ गोलले पराजित गदै न्यु वेष्ट पोइन्ट आवासीय माविले बेनी सामुदायिकसँग उपाधि भिडन्त पक्का गरेको हो ।

फाइनलमा प्रवेश गरेका बेनी सामुदायिक र न्यु वेष्ट पोइन्टको खेल निकै रोचक हुने निश्चित छ ।खेल शनिबार बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।

सम्रगमा फाइनलमा प्रवेश गरेका दुबै विद्यालयको खेल उत्कृष्ट लयमा देखिन्छ । बुधबारदेखि सुरू भएको प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरिने छ ।

त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिने लायन्स क्लब अफ बेनी लभ्लीहीलका कोषाध्यक्ष भिमनाथ शर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताले विद्यालयस्तरमा रहेका छात्राको फुटबल प्रतिभाको पहिचान तथा आगामी दिनमा हुने प्रदेशस्तरीय खेलमा समेत सहभागिताका लागि आवश्यक तालिम सहितका योजना बनाउन सहज भएको आयोजक लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार