बेनी सहकारीको वार्षिक साधारणसभामा ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको २४ औँ बार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका–९, गलेश्वरधामा रहेको ज्येष्ठ नागरिक आश्रमलाई ३० हजार एक सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। कार्यक्रममा सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रमेश गिरीले आश्रम व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पुनलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट कारोवारकर्ता व्यक्तिगत तर्फ माधवप्रसाद रेग्मी र संस्थागततर्फ बेनी खानेपानी उपभोक्ता संस्था, ज्येष्ठ नागरिक दयासागर शर्मा , उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका प्रवन्धक सज्जन चौधरी सहित स्थापनादेखि हालसम्मका प्रवन्धकहरुलाई समेत सम्मान गरिएको थियो भने ७५ बर्ष उमेर पुगेका ९ जना ज्येष्ठ शेयर सदस्यहरुलाई ‘बेनी बचत आजीवन सहारा’ कार्यक्रम अन्तर्गत जनही नगद ६ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार