• ढुङ्गाखानीबाट गाउँमै रोजगार

    बागलुङ । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्किएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाले । अफसोच काम सफल भएन । उनको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय श्रीसले गाउँमै उद्यम गर्ने अठोट लिए । गलकोट नगरपालिका–६ भुजुङ्गेका श्रीसले परम्परागत ढुङ्गाखानीलाई...

  • फ्रान्समा हेलिकोप्टर दुर्घटनामा पाँचजना उद्वारकर्मीको मृत्यु

    काठमाडौँ । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्वार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ। सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएका छन्। उनले उद्वार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन्। अन्य सदस्यलाई उद्वारका काममा खटेका...

  • चार सय ४७ घरेलु तथा साना उद्योग सञ्चालन स्वीकृति

    हेटौंडा । चालु आर्थिक वर्षको विगत चार महिनामा ४ सय ४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने ७४ ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालय प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । ...

  • बासमती धानमा नेपालले दाबी पेश गर्ने

    काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबा...

  • म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा नगरपालिकाको वडा नखुलेका ४५ बर्षिया महिला र ४० बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा परिक्षण...

  • पत्नीले आत्महत्या गरेपछि प्रहरी जवान पक्राउ

    काठमाडौं । पत्नीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१८ विजौरीस्थित घरमा मंगलवार विहान ३० बर्षीया सुनिता बिसी चौधरी घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि भैरहवामा कार्यरत उनका पति प्रहरी जवान जितबहादुर चौधरील...

  • ‘जाऔँ है पोखरा अभियान’ सुरु

    पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ। कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। जनकपुर, पर्सा, वीरगञ्ज, विर...

  • तनहुँको व्यास नगरपालिकाद्वारा हिंसापीडित कोषको स्थापना

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले रु एक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयाँसम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले बताउनुभयो । कतिपय महिला औषधि उपचा...

  • खोल्सामा नवजात शिशु मृत फेला

    बुटवल । गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ । बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ । अनुसन...

  • वरिष्ठ मुटुरोग विशेषज्ञ डा.लव नरसिंह जोशीकोे रक्त क्यान्सरका कारण निधन

    काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको रक्त क्यान्सरका कारण निधन भएको छ । ५९ वर्षीय डा. जोशी रक्त क्यान्सर पीडित रहेका कुरा गत हप्ता मात्रै थाहा लागेको थियो । मेडिसिटी अस्पतालमा मुटुरोग विभागका विभागीय प्रमुख समेत रहेका उनको उपचारको क्रममा हिजो राति ९ बजेतिर सोही अस्पतालमा निधन भएको हो । रातोपाटीबा...