पत्नीले आत्महत्या गरेपछि प्रहरी जवान पक्राउ

काठमाडौं । पत्नीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१८ विजौरीस्थित घरमा मंगलवार विहान ३० बर्षीया सुनिता बिसी चौधरी घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि भैरहवामा कार्यरत उनका पति प्रहरी जवान जितबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।इप्रका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रशाद शर्माले जितबहादुरलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको बताए ।पोष्टमार्टम भइ नसकेको र रिपोर्टपछि मात्र घटनाबारे भन्न सकिने प्रहरीले बताएको छ ।

यसैबीच माइती पक्षले भने आफ्नी छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित जाहेरी दिएका छन् । सुनिताको माइती बाँके हो ।प्रहरी जवान जितबहादुर हाल भैरहवामा कार्यरत छन् । उनी घर बिदामा केही दिन पहिले मात्रै आएका थिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार