धनगढी । डडेल्धुरामा १३ दिनको शिशुसहित भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका वडा नम्वर २ मणिलेक ढोब्डेनाको भीरबाट लडेर सोमबार ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार घरबाट अर्को गाउँ जाँदै गर्दा उनी भिबाट लडेकी ...
म्याग्दी न्युज संवाददाता
-
-
बेवारिसे शव जलाउने म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बिबिसीको प्रभावशाली महिलाको सूचीमा
काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मि...
-
धादिङको गजुरीबाट ६ किलो चरेश सहित दुई पक्राउ
धादिङ । धादिङको गजुरीबजारबाट प्रहरीले चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट ६ केजी चरेश बरामद गरेको हो ।पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौला बजारका २२ वर्षीय दिलिप दाहाल र सोही ठाउँका २० वर्षीय राजन परियार रहेका छन् । गल्छीबाट चितवनतर्फ जाँदै गरेको ग १५ प ३३५...
-
दाङबाट सात जना जुवाडे पक्राउ
दाङ । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु एक लाख ४६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो । ...
-
पाल्पामा जिप दुर्घटना हुदाँ दुई जना घाईते
बुटवल । गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् । घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर २ क...
-
हराइरहेकी छ वर्षीया बालिकाको शव फेला
महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो । बालिकाको शव बर्...
-
म्याग्दीमा मृत्यु पछि एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा मृत्यु पछि एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका १ ठेगाना भई पर्वतको जलजला गाउँपालिका– २ बौरमा वस्ने वर्ष ८४ का एक वृद्धमा मृत्यु पछि कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षण सहित ४ दिन अगाडि बेनी अस्पतालमामा उपचारका लागि आएका पुरूषको पिसिआर परिक्षण गर्न स्वाव लिईएको थियो । कोरो...
-
भारतीय विदेश सचिव आउँदै
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्। दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको ...
-
मोटरसाईकल दुर्घटनामा २ युवकको मृत्यु
रुपन्देही । मोटरसाईकल दुर्घटना हुँदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जाँदा सोही नगरपालिका वडा नम्वर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र पछाडी बसेर सवार सोही स्थानका २० वर्षीय...
-
पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण , ३०४३ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...