धादिङको गजुरीबाट ६ किलो चरेश सहित दुई पक्राउ

धादिङ । धादिङको गजुरीबजारबाट प्रहरीले चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट ६ केजी चरेश बरामद गरेको हो ।पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौला बजारका २२ वर्षीय दिलिप दाहाल र सोही ठाउँका २० वर्षीय राजन परियार रहेका छन् ।

गल्छीबाट चितवनतर्फ जाँदै गरेको ग १५ प ३३५० नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध चरेश फेला पारेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सीनाले जानकारी दिए । nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार