पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण , ३०४३ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार