काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका-१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु ...
समाचार
-
-
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । आइतबार राति गुल्मीदरबार गाउँपालिका-१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । धनबहाद...
-
विभत्सरुपमा गोरु काट्ने युवकलाई एक वर्ष ९ महिना कैद
सुर्खेत । दैलेखमा विभत्सरुपमा गोरु काट्ने एक यवकलाई जिल्ला अदालत दैलेखले कैद सजाय फैसला गरेको छ । अदातलका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका-२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए । मुलुकी अपराध संहिता...
-
विराट नर्सिङहोमबाट हाम्फालेका बिरामीको मृत्यु
विराटनगर । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार ...
-
डेढ महिनापछि खुल्यो तातोपानी नाका
सिन्धुपाल्चोक । डेढ महिनादेखि ठप्प उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना...
-
तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए । प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ । देवघाट–४ का सनबहादुर थापालाई सोही अदालतले ...
-
बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–७, बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । दरबाङबाट बिममा निर्माणधिन भगवती आधारभुत विद्यालयको निर्माण सामाग्री लिएर बिमतर्फ जाँदै गरेको ट्याक्टर घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपाल...
-
राष्ट्रिय मगर संघद्धारा बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग
बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ म्याग्दीले जिल्लाको मंगला गाउँपालिका–४,बरंजा स्थित बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । अविरल बर्षातका कारण घर तल गएको पहिरोबाट विस्थापित बुकेनीका दुर्गाबहादुर रोका मगरको परिवारलाई नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पहलमा संकलित ५० हजार रुपैयाँ पुर्...
-
नेपालमा २२५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यो संगै सक्रमित संख्या ८६,८२३ पुगेको छ । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१...
-
डा.केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित
काठमाडौं । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९ औं अनसन सुरु गरेका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा समस्...