विश्वमा कोरोनाबाट १२ लाख ५० हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४ सय ९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८ सय ४७ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार १ सय १३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ६० हजार ९ सय ५८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २ सय ६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५ सय ६१ कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार १ सय २१ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७ सय ५४ कोरोना भाइरस संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८ सय ८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १ सय ३८ जना संक्रमित भएका छन् । बेलायतमा ४८ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७ सय ७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित भए भने ४ हजार ७ सय ४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । एजेन्सी/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार