काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा खुलामञ्चमा आमसभा गरिने प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको उहाँले बताउनुभयो । कार्यक्रम तयारीका लागि प्रदेश अध्यक्ष विक्रम...
समाचार
-
-
चिनियाँ विदेशमन्त्री शुक्रबार काठमाडौँ आउँदै
काठमाडौँ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौँ आउने हुनुभएको छ । नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै हुनुहुन्छ । उहाँले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ ...
-
विद्यालयहरू खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री गहतराज
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो । ...
-
ट्रक दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
बैतडी । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक...
-
थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ पीसीआर परीक्षणमा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणमा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
-
प्रमुख सचेतकबाट निलम्बित विष्ट एमाले प्रवेश
सुर्खेत । नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ ९क० बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गर्नुभएको छ । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिनुभएको थियो । पार्टी प्रवेश गर्नुभएका विष्टसहित नेता कार्यक...
-
धरातलमा एमाले र ओलीप्रति वितृष्णा छ : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति धरातलमा वितृष्णा रहेको बताउनुभएको छ । केही ठाउँहरूमा पुगेर केही मानिस पार्टी प्रवेश गराएर आनन्दको अनुभूति लिए पनि धरातलमा एमाले र ओलीप्रति वितृष्णा रहेको दाबी नेपालको थियो। ‘केही ठाउँहरूमा केही मानिस...
-
ओलीले झलनाथ खनाललाई भने– एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने ?
इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई लक्षित गरेर एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने धम्की दिएको भन्दै व्यङ्ग्य गर्नुभएको छ । इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेबाट चुनाव जितेर अहिले सांसद् र मेयरका रुपमा रहेक...
-
फिफा वर्ल्ड कपको अर्को आकर्षण : रंगशालालाई शीतल बनाउन एसी
एजेन्सी । यो वर्षको फिफा वर्ल्ड कप २०२२, २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने भएको छ । खाडी मुलुकमा पहिलोपटक फिफा वर्ल्ड कप हुन लागेको हो । कतारमा आयोजना हुने फिफा वर्ल्ड कप विविध कारणले महत्वपूर्ण मानिँदै आएको छ । कतारको रंगशालामा फुटबल म्याच हेर्ने दर्शकलाई कुनै पनि किसिमको समस्या नआओस भनेर विशेष खालको व्यवस्था गर...
-
केपी ओलीलाई रुपान्तरण गर्न सकिएन : प्रचण्ड
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताउनुभएको हो । ‘के...