थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ पीसीआर परीक्षणमा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणमा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८२ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४१ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार