काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा बिहिबार चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् । डुबेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार छन् । उनीहरुको शव पोष्टमार्टमका लागि...
सुरक्षा
-
-
बागलुङ विष्फोटमा घाइते एक युवाको मृत्यु
बाग्लुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मी...
-
मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेप...
-
नेपालमा थप १५२ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्...
-
२६ किलो गाँजासहित एक पक्राउ
काठमाडौं । प्रहरीले पर्साबाट साढे २६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई बुधबार अपराह्न पक्राउ गरेको हो। घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । पक्राउ परेका पञ...
-
भारतबाट उद्धार गरिएका ७ जना किशोरीलाई महोत्तरी ल्याइयो
काठमाडौं । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो । भारतबाट उद्धार गरिएका उनीहरुलाई बुधबार राति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ । घाँस काट्न भनेर घरबाट निस्केका ...
-
फ्रान्समा कोरोनाको संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा
काठमाडौं । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गर्नुभएको यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् । उनले गत राति सो कुराको घोषणा गरेका हुन् । र...
-
भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हादसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको ...
-
किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा ५ पक्राउ
काठमाडौं । किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीय...
-
न्युरोडमा खुकुरी देखाएर आईएमई लुटपाट
काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटेका छन् ।बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर...