बेनी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो । ‘प्राविधिक र पुर्वाधार निर्माण गरी गत बर्ष असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने त...
समाचार
-
-
सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती
म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ । सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । मंग...
-
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट
बेनी। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच भेटघाट भएको छ । उपाध्यक्ष डा. र सांसद गर्बुजा बिच भएको भेटमाम्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट आकार बढाउने विषयमा छलफल भएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पद सम्हा...
-
अन्नपूर्ण गाउँपालिकाको सोह्रौं गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोह्रौं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप दुई करोड रुपैयाँको संशोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक...
-
अडानीको सम्पत्ति ३ दिनमा ८५ खर्ब रुपैयाँ घट्यो
काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो ।अडानी समूहका कम्पनीको शेयर मुल्य घटेपछि उनको सम्पत्ति घटेको हो । २५, २७ र ३० जनवरीका २ कारोबार दिनमा उनका कम्पनीको शेयर मुल्य २९ प्रतिशतले घटेको छ । अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिंड...
-
सहिद दिवसको अवसरमा दौड प्रतियोगिता
पाउद्धार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर ...
-
मंगला गाउँपालिकाकाे राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई
बेनी । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ ।आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी बिजयी भएको हो । यसैगरी उ...
-
जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा आज (आइतबार) रेडक्रसको युवा रेडक्रस सर्कल र बालक्लब पूनर्गठन भएको छ । यसअघि विद्यालयमा गठित युरेसको २ वर्षें कार्यअवधि सकिएकाले प्रज्ञा बानियाँको अध्यक्षतामा युवा रेडक्रस सर्कल पूनर्गठन गठन गरिएको हो । सर्कलको उपाध्यक्षमा साधना र...
-
क्यान्सर पीडित २७ वर्षिया गर्बुजाको अपिल, “मलाई बचाउनुहोस”
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम हाल अष्ट्रेलियामा रहनु भएकी २७ वर्षिया कृष्ण गर्बुजाले सहयोगको अपिल गर्नु भएको छ । सन २०२० फेब्रुअरी देखी अष्ट्रेलियाको क्वीन्सल्याण्ड मुन्डुबेरामा बस्दै आउनु भएको गर्बुजाले क्यान्सरको उपचारका लागि सहयोगी हातसँग साथ माग्नुभएको हो । लामो उपचार पश्चात पाठेघरको क्यान्सरबाट...
-
दुई वर्षयता म्याग्दीमा नयाँ कुष्ठरोगी शुन्य
बेनी । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको आईतबार एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो । ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित ...


























