• अहिलेको महँगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री

    काठमाडौँ । सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताउनुभएको हो। ‘आजको महँगी हाम्रो नियन्त्रणमा छैन । आज ...

  • धनुषा कांग्रेस सभापतिका लागि आज दोस्रो चरणको मतदान सुरु

    जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापति चयन गर्नका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान साढे १० बजेबाट मतदान सुरु भएको हो। विहानैदेखि मत खसाल्न मतदाताहरुको ठूलो लाइन लागेको छ। मतदानस्थलमा सुरक्षा कडा पारिएको छ। सभापतिका लागि दोस्रो चरणमा सन्तोष यादव र योगेन्द्र पजियारबीच प्रत...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो

    काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ । सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा उक्त श्रम डेस्क हटाउने भएको हो । मन्त्री श्रेष्ठ...

  • आगलागी हुँदा एक जनाको मृत्यु

    ताप्लेजुङ । शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उहाँको आगलागीमा परेर मृत्यु भएको वडा नम्बर–४ का वडा सदस्य दुर्गा पालुङवाले जानकारी दिनुभयो । अस्पतालका डाक्टर सोनिम लामाका अनुसार अस्पत...

  • श्रम सहकारीले ५ करोडसम्मको ठेक्का पाउने

    काठमाडौं । विकास खर्च बढाउन भन्दै सरकारले श्रम सहकारीहरुलाई पनि ५ करोडसम्म ठेक्का दिने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्दै सरकारले श्रम सहकारीहरुलाई २० प्रतिशत काममा मेसिन प्रयोग गर्न पाइने र ५० प्रतिशत काम अनिवार्य श्रममूलक तवरले गर्नुपर्ने गरी नियमावली संशोधन गरेको हो । सरकारले आर्थिक वर्ष २०७८...

  • गुल्मी मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान

    गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत बस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुर्निर्माण गरेर एक हजार ५४ परिवारले सुरक्षित आवास पाएका छन् । पालिका भित्रका सवै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधीले २० असार २०७४ मा पद...

  • लगानी बोर्डको एकल बिन्दु सेवाप्रति अर्थमन्त्री असन्तुष्ट

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ठूला विदेशी लगानीकर्तालाई लगानी बोर्डबाट एकल बिन्दु सेवा दिने निर्णय भए पनि कार्यान्वयन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । ‘हामीले वैदेशिक लगाानीलाई सहजीकरण गर्न बोर्डमार्फत एकल बिन्दु सेवा दिने भनेका थियौं। त्यो प्रक्रिया कहाँ छ भन्नेबारे सजग हुनुपर्छ,’ बोर्ड अन...

  • बिआरआई परियोजनाले गति लिन सकेका छैनन्, तिनलाई अगाडि बढाउन साझा प्रयास चाहिन्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गतका परियोजना अघि बढाउन दुबै देशको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । अंग्रेजी भाषाको चिनियाँ अखबार ग्लोबल टाइम्समा बिहीबार प्रकाशित अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले हस्ताक्षर गरेको पाँच वर्ष बिते पनि बिआरआई प्रोजेक्टम...

  • देशको राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै छ : प्रचण्ड

    सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताउनुभएको छ । उहाँले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गर्नुभएको हो । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर...

  • चुनावी अभियानको रिपोर्टपछि तालमेलबारे निर्णय गर्छौं : सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताउनुभएको छ । काठमाडौंको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने उहाँले बत...