दाङ । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकेडेमी र जनता साँस्कृतिक माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिम...
समाचार
-
-
प्रचण्ड समूह पेरुको साइनिङ पाथ बन्नेछ : ओली
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्व सदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । माओवादीको केन्द्रीय कमिटीमा नअटाएपछि असन्तुष्ट बनेका लामासहितका नेता कार्यकर्तालाई बुधबार बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत ग...
-
चीनले हुम्ला मिचेको सीमा अध्ययन गर्न नौ लाख खर्च
काठमाडौँ । चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेकोमा छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी लाप्चासम्मको भूमिबारे अध्ययन गर्नका लागि नौ लाख रुपैयाँ निकास गरेको अर्थ मन्त्रालयले जनाएको छ । सहसचिव आचार्य नेतृत्वको उक्त...
-
राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल
काठमाडौँ । सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय संयन्त्रले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। गठबन्धनमा आवद्ध दलहरुका बीच रा...
-
ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी
ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाको नयाँ नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । पुस २३ गते शुक्रबार हुने जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि हालका अध्यक्ष मोहन श्रेष्ठ, नेताहरु शंकर कटुवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदीले दावी गरेका हुन् । जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने ...
-
हृदयघातका कारण रोल्पा एमाले सचिव रोकाको निधन
रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उहाँको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ । गएराति नुवागाउँ अस्पतालमा रोकाको निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो। रोका रोल्पाको त्रिवेणी गाउँपाल...
-
तोकिएकोभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी
काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो । बुधबार शिक्षा मन्त्रायलका प्रवक्ता दीपक श...
-
राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा बस्नेत
काठमाडौँ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिनुभयो । मन्त्रालयका सचिव दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारि...
-
सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली ४ बजेदेखि अवरुद्ध हुँदै
काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुन लागेको हो । अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने प्रयोजनका लागि बिहीबार अपरान्ह ...
-
हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा
नवलपुर । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली...