हृदयघातका कारण रोल्पा एमाले सचिव रोकाको निधन

रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उहाँको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।

गएराति नुवागाउँ अस्पतालमा रोकाको निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो। रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुनुहुन्थ्यो । उहाँ पुस २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीमा खटिनुभएको थियो । रोकाको निधनपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमाले रोल्पाले जनाएको छ। रातोपाटीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार