राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल

काठमाडौँ । सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय संयन्त्रले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

गठबन्धनमा आवद्ध दलहरुका बीच राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीबार बसेको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निमार्ण गर्ने निर्णय गरेको हो । ‘राष्ट्रियसभाको निर्वाचन छ, त्यसमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन बैठकले अपिल गरेको छ ।

साथै ती उम्मेदवारलाई विजयी गराउनका लागि ७ वटै प्रदेशमा पाँचदलीय संयन्त्र बनाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो । राष्ट्रियसभा निर्वाचन माघ १२ गते हुँदै छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । प्रधानमन्त्री देउवा आगामी आइतबार ४ दिने भारत भ्रमणका लागि २५ सदस्ययी टोलीसहित जाँदैछन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार