• चोरिएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिँदै

    काठमाडौँ । गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित सुनाकोठीमा लगिँदै छ। स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो।महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार मूर्ति भटेपछि मुचुल्का उठाएर पत्रकार ...

  • कमल थापा बाहिरिएपछि संगठन सुदृढीकरणमा जोड दिँदै राप्रपा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ । पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । जसअनुसार पार्टीको विस्तारित बैठक हुन बाँकी प्रदेशहरूमा विस्तारित बै...

  • जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

    दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ । गएराति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिनुभयो । चार पुरुष र एक बालिकाको शव फेला परेको उहाँले बताउनुभयो । मृत्यु हुनेहरुमा १३ वर्षिया सा...

  • प्रधानसेनापति प्रभुराम शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

    दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गर्नुभएको छ। सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गर्नुभएको हो । उहाँले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा ...

  • विधानमा पदाधिकारी बैठकको कल्पना छैन : महर

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताउनुभएको छ । उहाँले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताउनुभएको हो । ‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नु परेमा कार्यसम...

  • हिउँमा फसेका ३४ जना घर फर्किए

    जुम्ला । जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताउनुभयो । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो । ...

  • माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । माघ २८ गतेबाट बस्ने तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी,...

  • सिक्टा सिँचाइ आयोजना : समयमै सम्पन्न भएन पूर्वी नहर

    बाँके । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माण कार्यमा ढिलासुस्ती भएको छ। चौथोपटक थपिएको म्यादभित्रै पनि नहर निर्माण सम्पन्न हुने अनिश्चित देखिएको छ। २०७७ मंसिर २ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो। त्यसयता उक्त नहरका लागि चारपटक म्याद थपिएको छ। अब आयोजनाले २०७८ चैत ३० गतेसम्म नहर निर्माण सम्पन्न गर्...

  • पिपराका वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार यादवविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सोही वडामा रहेको सुब्बा पोखरी ठेक्काबापत बुझाउनुपर्ने रकम नबुझाइ ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष...

  • दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

    काठमाडौँ । दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ। मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ। वैज्ञानिक आधारमा मूल्य बढाउने निर्णय गरिएको कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाले बताउनुभयो...