काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित भएको समेत बताउनुभयो । उ...
समाज
-
-
उपत्यकाको नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री झाँक्री
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताउनुभएको छ । उहाँले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताउनुभएको हो। मन्त्री झाँक्रीले भन्नुभयो, ‘नयाँ नगरको भौतिक विकास योजना स्वीकृतिका लागि...
-
मराङ र मल्कबाङमा एमालेको वडा स्तरीय प्रशिक्षण
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका विषयमा प्रशिक्षण दिनुभएको...
-
महिला संघ बेनी नगर समितिको सभापतिमा श्रेष्ठ
बेनी । नेपाल महिला संघ बेनी नगरपालिका समिति गठन भएको छ । आइतबार आयोजित नगर महिला संघ गठन तथा प्रशिक्षण कार्यक्रमबाट बेनी नगरपालिका–७, विरेन्द्रचोक निवासी संगिता श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपसभापितद्धय भगवती किसान, टिकाकुमारी शर्मा,सचिवद्धय सुनिता भण्डारी खत्री,अस्मिता सेन्चुरी, ...
-
लेटाङमा प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ
विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा आज बिहानैदेखि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।घटनामा संलग्न भएको आरोपमा लेटाङबाट ६ जना पक...
-
विद्यालयहरू खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री गहतराज
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो । ...
-
ट्रक दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
बैतडी । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक...
-
थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ पीसीआर परीक्षणमा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणमा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
-
ओलीले झलनाथ खनाललाई भने– एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने ?
इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई लक्षित गरेर एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने धम्की दिएको भन्दै व्यङ्ग्य गर्नुभएको छ । इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेबाट चुनाव जितेर अहिले सांसद् र मेयरका रुपमा रहेक...
-
केपी ओलीलाई रुपान्तरण गर्न सकिएन : प्रचण्ड
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताउनुभएको हो । ‘के...






















