• इराकमा बम बिस्फोट हुँदा कम्तीमा २५ को मृत्यु

    एजेन्सी । इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए । यो बगदादमा पछिल्लो ६ महिनामा भएको सबैभन्दा भयानक बम बिस्फोट हो । व्यस्त अल–वुहालियत बजारमा यो बिस्फोट एक...

  • मलेसियामा रौतहटका एक युवकको मृत्यु

    रौतहट । वैदेशिक रोजगारीमा गएका रौतहटको एक जना युवकको मलेसियामा मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाका ३३ वर्षीय मदन बैठाको मलेसियामा मृत्यु भएको हो । बैठा सोमबार साँझ ५ बजे काम गरिरहेको अवस्थामा अचानक पेट दुखेपछि अचेत भएका थिए । अचेत बैठालाई तत्काल अस्पताल पठाउन कम्पनीलाई एम्बुलेन्स उपलब्...

  • भारतद्धारा नेपाललाई १५० आइसीयू बेड सहयोग

    काठमाडौँ । भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५० आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गर्नुभएको हो । आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरो...

  • सरकारद्धारा ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने निर्णय

    काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये...

  • चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

    काठमाडौं । उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताउनुभएको हो। उहाँले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिनुभएको ...

  • विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ६६ हजार नाघ्यो

    बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५६१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २२३ जना रहेका छन । विश्वभर तीन अर्ब ५३ करोड ७२ ...

  • विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो

    एजेन्सी । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ४९ ला...

  • साउन ६ गतेदेखि खोप लिन जहाज नियमित चीन जाने

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ। चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता ...

  • पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ । सो बसमा रहेका अरु ३९ जन...

  • नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत बेरीले दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । उनले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहे...