एनआरएन नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका पुर्जा निर्वाचित

म्याग्दी । गैरआवासीय नेपाली संघ (एनआरएन) नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका मिम पुर्जा भारी मत सहित निर्वाचित हुनुभएको छ ।पुर्जा यसअघि एनआरएन नेदरल्यान्डको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।शनिबार सम्पन्न निर्वाचनमा २४२ मत ल्याएर पुर्जा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिदुन्दी रामचन्द्र क्षेत्री ‘पदम’ले १८९ मत प्राप्त गर्नुभयो ।  पुर्जा मोना आईसिसिकाे बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

एनआरएनए नेदरल्यान्डको बरिष्ठ उपाध्यक्षमा बिष्णु पौडेल, उपाध्यक्षमा खेमलाल सापकोटा र अमीर गुरुङ , महिला उपाध्यक्षमा सीता सापकोटा ,महासचिबमा सीता क्षत्री, सचिबमा पेमा लामा र चन्दा खड्का, कोषाध्यक्षमा शुशिला बानियाँ , सह–कोषाध्यक्ष रेखा घिमेरे , महिला संयोजकमा जमुना खड्का र युवा संयोजकमा निरज गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यहरुमा बिबेक बास्तोला, ज्ञानेन्द्र आले, दिनेश अर्याल, राम रेग्मी , क्षेत्रीय संयोजकमा सञ्जय श्रेष्ठ, सुबाश पराजुली र सुर्य श्रेष्ठ निर्बाचित हुनुभएको छ । महाधिवेशनबाट आईसीसी सदस्यमा टिकाराम सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचित अध्यक्ष पुर्जाले एनआरएनको निति तथा कार्यक्रम अनुसार थप प्रभावकारी बनाउँदै नेदरल्यान्डमा रहेका सबै नेपालीको हितमा रहेर काम गर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार