• माघ ३० गते ल्होसारमा सार्वजनिक विदा

    काठमाडौं । शेर्पा लगायत हिमाली समुदायले मनाउने ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होछाररको ...

  • कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

    धनगढी । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार साँझ पुनर्वास नगरपालिका-२ अरनिको बस्तीको कच्ची सडकमा सोही ठाउँका २० वर्षीय सन्जे सुनारले चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा गएराति न...

  • सुर्खेतमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै

    सुर्खेत । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ । प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र दुई झोलुङ्गे पुल निर्माण गर्न थ...

  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यक...

  • प्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किमि यात्रा : मासिक २ लाख खर्च

    टीकापुर । कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १ सय ८० किलोमिटरको यात्रा गर्छन् । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १ सय ८० किलोमिटर दैनिक आवतजावत गर्छन् । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओह...

  • भव्यरुपमा ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

    काठमाडौं । ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ । प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा सोमबार बसेको बैठकले दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प...

  • उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

    चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ...

  • आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते गण्डकी ,कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पह...

  • ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्प...

  • बसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु

    बुटवल । रुपन्देहीको तिलोत्तमामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकको ड्राइभरटोल नजिकै नम्बर नखुलेको बसले लु ३० प ८५६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुजा गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । स्कुटरलाई ठक्कर दिएर बस भागेको बताइएको छ । प्रहरीले...