• बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

    सप्तरी । सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन्। एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आ...

  • थापाथलीमा किलोको ६० रुपैयाँमा प्याज किन्न लाइन

    काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो । बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्...

  • कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल

    काँकडभिट्टा । कोरोना संक्रमित स्थानीयको उपचारका लागि झापाको कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कमल गाउँपालिका–३, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिकै करिब २२ लाखको लागतमा ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । स्थान...

  • चितवनमा पाटेबाघको आक्रमणबाट एकको मृत्यु

    चितवन । पाटेबाघले आक्रमण गर्दा चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ । चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर–६ का ६० वर्षीय बगुना चौधरीलाई बाघले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । एक महिनायता चितवन निकुञ्जनजिक बाघले आक्रमण गर्दा स्थानीयको ...

  • विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एसिया प्रश...

  • विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्रीवितरणमा रोक

    काठमाडौँ । औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ । विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्...

  • धरानमा पत्रकारसहित १३ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । धरानमा आज १३ जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये एक जना पत्रकार पनि छन्। धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो। स्थानीय एक दैनिक पत्रिकामा कार्यरत ३८ वर्षीय पुरुष पत्रकार संक्रमणपछि होम आइसोलेसनमा नै बसेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार वडा...

  • आफैले बोकेको काठले थिचेर ८ वर्षीय प्रेम कार्कीको मृत्यु

    आफैले बोकेको काठले थिचेर उदयपुरका एक स्थानीयको आईतबार मृत्यु भएको छ। घर बनाउन चाहिने काठको बलो ९लाथ्रा० बोकेर ल्याउने क्रममा चिप्लेर लड्दा सोही बलोले थिचेर बेलका नगरपालिका २ गिदेरी टोलका १८ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो। आईतबार मध्यान्ह स्थानीय सप्तकोसी सामुदायिक वन समूहको जंगलबाट घर बनाउन चाहिने बलो काँधमा ...

  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १० लाख २ हजार ३ सय ८९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३३ लाख ४ हजार ६ सय ६६ पुगेको छ । त्यसमध्ये २ करोड ४६ लाख ३४ हजार २ सय ९८ जना निको भएर फर्किएका छन् भने ६५ हजार १ सय २९ जन...

  • रौतहटमा एक युवकको खोलामा डुबेर मृत्यु

    रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर ज्यान गएको छ । कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।सौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै नि...