आफैले बोकेको काठले थिचेर ८ वर्षीय प्रेम कार्कीको मृत्यु

आफैले बोकेको काठले थिचेर उदयपुरका एक स्थानीयको आईतबार मृत्यु भएको छ। घर बनाउन चाहिने काठको बलो ९लाथ्रा० बोकेर ल्याउने क्रममा चिप्लेर लड्दा सोही बलोले थिचेर बेलका नगरपालिका २ गिदेरी टोलका १८ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो।

आईतबार मध्यान्ह स्थानीय सप्तकोसी सामुदायिक वन समूहको जंगलबाट घर बनाउन चाहिने बलो काँधमा बोकेर आउने क्रममा चिप्लेर लड्दा उनी गम्भीर घाईते भएका स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। बाटोमा लड्दा आफैले बोकेको बलोले कन्चटमा थिच्दा कार्कीको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

घट्नाबारे जानकारी पाएलगत्तै खटेको इप्रका रामपुरको टोलीले सर्जमिन मुचुल्का गरी कानुनी प्रक्रिया पुरा गरेर फर्केको छ। मृतकको लास पोष्टमार्टम गरी आफन्तलाई जिम्मा दिने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार