झापा । गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ । कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेका छन् । कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो । उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ । मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा...
राष्ट्रिय
-
-
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनुभयो । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादी...
-
अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या करिब १२३.७ प्रतिशतले वृद्धि
काठमाडौँ । अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्नराष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको...
-
सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता
सोलुखुम्बु । सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता हुनुभएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराउनुभएको हो । जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले बताउनुभयो । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्ट...
-
कञ्चनपुरमा चट्याङ लागेर २ जनाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिनुभयो । ‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रे...
-
बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ
लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ। गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आ...
-
आज नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम
काठमाडौँ । केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने हुनुभएको छ । नयाँ पार्टी घोषणाका लागि मंगलबार दिउँसो उहाँले पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे उहाँको पत्रकार सम्मेलन हुँदैछ । यसअघि उहाँ नेपाल कम्युनिष्ट पार्टी एकता ...
-
जसपाले पनि सबै मन्त्री फिर्ता बोलाउने
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन...
-
विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताउनुभएको छ ।पुनले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको बताउनुभयो । अहिले विश्व नै आर्थिक संकटको सम्भावित जोखिममा परेको तथा असमानता र विभेदको खाडल गहिरिँदै गएको भन्...
-
कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दा समेत भत्ता नपाएको भन्दै उनीहरुले असार १६ गतेसम्म भत्ता उपलब्ध नभए ओपीडी लगायतका सबै सेवा बन्द गरेर आन्दोलनमा...


























