मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनुभयो ।

बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ । त्यसैगरी जसपाले पनि हालका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेकोले सो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको अन्तिम बैठक हुन सक्ने जसपा निकट स्रोत बताउँछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार