आज नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम

काठमाडौँ । केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने हुनुभएको छ । नयाँ पार्टी घोषणाका लागि मंगलबार दिउँसो उहाँले पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ ।

भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे उहाँको पत्रकार सम्मेलन हुँदैछ । यसअघि उहाँ नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए ।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गर्नुभएको थियो । एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष हुनुहुन्थ्यो । २०५४ साल एमाले विभाजन गरेर उहाँ नेकपा (माले) का महासचिव बन्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार