• बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा ...

  • तिहारपछिको दोस्रो दिन पनि बारको आन्दोलन जारी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेको छ ।जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसन आन्दोलित भएको हो । तिहार सकिएलगत्तै सो...

  • नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकबाट २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरतलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महान...

  • प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गर्नुभएको हो । भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न उनी दिल्ली भ्रमणमा जानुभएको हो। नेपाल र भारतका सेना ...

  • प्रधानन्यायाधीश जबराले तोके आफ्नै लागि इजलास

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ ।बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडेका छन् । मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी...

  • तोकिएभन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने लक्ष्य छ : अर्थमन्त्री शर्मा

    सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएकोे छ । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताउनुभएको हो। मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने ...

  • सिरहाको फर्निचर शोरुममा आगलागी

    सिरहा । सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा विद्युत् सट भएर सोमबार आगलागी हुँदा लाखौँको सामान जलेर नष्ट भएको छ । गोलबजार नपा ६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जल्दा करिब १२ लाखको मूल्य बरावरको...

  • घरबाट सामान किन्न गएकी ७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

    सुर्खेत । सुर्खेतमा एक बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका— १ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहे...

  • कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

    काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताउनुभएको छ ।मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताउनुभयो । अहिले निजामती...

  • कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

    काठमाडौं ।कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभा...