• छायाकार जनकराज अधिकारी मृत फेला

    काठमाडौँ । छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको शव आइतबार झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । शुक्रबार घरबाट निस्केका रहेछन् । सम्पर्कमै नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भेटिए, लामाले भने । ...

  • थप १३० जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।   त्यसैगरी २४ घण्टामा १९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएक...

  • आठौं नगरसभा :  संसोधित बजेट र वातावरण बिधेयक पारित (तस्बिर /भिडिओ )

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले संसोधित बजेट र वातावरण सम्बन्धी बनेको विधेयक पारित गरेको छ । नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभामा नगर उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट र विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा न. १ का अध्यक्ष टेकबहादुर रावलले प्रस्तुत गर्नुभएको स्...

  • भारतमा कोरोना संक्रमणबाट १ लाख ५५ हजार भन्दा बढीको मृत्यु

    एजेन्सी । भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ । भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएको छ । भारतमा धेरै समयपछि गत दुई...

  • सुर्खेतमा श्री एयरलाइन्सको परीक्षण उडान सुरु

    सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत विमानस्थलमा परीक्षण उडान सुरुवात गरेको छ । काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान सुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले सोमबार बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दि...

  • राप्ती नदीमा छाडियो ७० घडियाल गोही

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालु आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उनले जानकारी दिए । यस आ...

  • केटु हिमाल आरोहीलाई पोखरामा भव्य स्वागत

    पोखरा । विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर हिमाल आरोहणको क्षेत्रमा इतिहास रचेका नेपाली आरोहीलाई सोमबार पोखरामा भव्य स्वागत गरिएको छ । आरोहीले गण्डकी प्रदेशको पहिचान बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आरोहीलाई स्वागत गरेका हुन् । सोमबार बिहान काठमाडौंबाट जहाजमार्फत पोखरा आएका सबै आरोहीला...

  • आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । यहाँका स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएक...

  • नवलपुरमा गैंडाको आक्रमणबाट एक महिला घाइते

    नवलपुर । नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएका हु्न् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करीब १०ः३० बजे गैँडाले आक्रमण ...

  • कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ : निधि

    वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुबैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएक...