छायाकार जनकराज अधिकारी मृत फेला

काठमाडौँ । छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको शव आइतबार झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । शुक्रबार घरबाट निस्केका रहेछन् । सम्पर्कमै नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भेटिए, लामाले भने ।

अधिकारीले जय किसन बस्नेतको फिल्म ‘धुम ४’ लगायत थुप्रै म्युजिक भिडियो खिचिसकेका छन् । विश्व गौचनको इक्विपमेन्ट हाउसमा क्यामेरा केयर टेकरुको काम गरिसकेपछि उनले छायाकन गर्न थालेका हुन् । सोमबार ११ बजे पोस्टमार्टम गरेर उनको शवलाई अन्त्येष्टिका लागि लमजुङ पठाइएको लामाले बताए ।

उहाँ क्यामेरा टेकरका रुपमा काम गर्नुहुँदा हामीले धेरै फिल्ममा सँगै काम गरेका छौं । पछि उहाँ त छायाकार नै बन्नुभयो । लघुफिल्म, वृतचित्र र विज्ञापन पनि खिच्नु भएको छ, डिजाइनर कमलप्रसाद मिश्रले भने । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार