• स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

    वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो ...

  • माछालाई चारो हाल्न गएका ३ आमाछोरी पोखरीमा मृत फेला

    मोरङ । मोरङको ग्रामथानको एक माछा पोखरीमा एकै परिवारका ३ जना मृत भेटिएका छन्। ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया छोरी कृतिका र पबित्राको पोखरीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले जानकारी दिए। आइतबार बिहान ११ बजे माछालाई चारो हाल्न भनी गएका उनीहरू साँझसम्म घर नफर...

  • बझाङमा एक्साभेटर खस्दा एकको मृत्यु, तीन घाइते

    बझाङ । बझाङमा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। बुंगल नगरपालिकाको वडा नम्बर १ को दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको एक्साभेटर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीका अनुसार ५ जना सवार एक्साभेटर दुर्घटना हुँदा बुगल नगरपालिकाका २८ वर्षीय मानबहादुर बोहराको मृत्यु ...

  • ज्वाइँद्वारा खुर्पा प्रहार गरी ससुराको हत्या

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प...

  • भारतमा छैटौं छोरीको शंकामा गर्भवती श्रीमतीको हँसियाले काटिदिए पेट

    काठमाडौं । भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले यसकारण हमला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ । बदायूंका...

  • मेलम्ची आउन अझै ६ महिना लाग्ने

    काठमाडौँ । एक वर्षअघि ९७ प्रतिशत काम सकिएको भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी ल्याउन अझै कम्तीमा ६ महिना लाग्ने भएको छ । गत असारको अन्तिम साता पानी परीक्षणका क्रममा भत्किएको सुरुङको ढोका मर्मत र जडान गर्न ढिलोमा फागुनसम्म लाग्ने आयोजनाले जनाएको हो । त्यसपछि पुनः परीक्षण सकेर पनि सुरुङको प्राव...

  • कोरोनाका कारण बाँकेमा थप एकजनाको मृत्यु

    बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँके जिल्लामा थप एक जनाको मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४ सहारे निवासी ५८ बर्षीया पुरुषको बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको आज विहान ६ः२५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यससंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ...

  • निस्कोटमा पहिरोले दुई घर विस्थापित ,रेडक्रस र कांग्रेसद्धारा राहत सहयोग (तस्बिर सहित )

    म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण असोज २ गते बेलुकीको समयमा घर माथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर पुर्ण रुपमा क्षती पु¥याएको छ । पहिरोले घर पुरिदा पुर्ण रुपमा क्षति भएको छ । विस्थापीत परिवारलाई नेपाली कांग...

  • कोरोना अपडेट : देशभर १३२५ जना संक्रमित थपिए,संक्रमित संख्या ६४,१२२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यो संगै देशभर संक्रमित संख्या ६४,१२२ पुगेको छ । उहाँका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेक...

  • नेपालमा वार्षीक ४ लाख मेट्रिकटन प्याज खपत

    काठमाडौं । नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्नेदेखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ । खपत बढ्दै जाने तर उत्पादन कम हुने स्थिति ...