बागलुङका कोरोना संक्रमित एक पुरुषको पोखरामा मृत्यु

बागलुङ ।पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिएको थियो । बुधवार बिहानसम्म अवस्था सामान्य रहेको भए पनि अचानक स्वास्थ्यमा समस्या देखिएपछि मध्यान्न १२

बजेर १० मिनेट जाँदा मृत्यु भएको बागलुङ नगरपालिका–३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनु भयो । उनलाई मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको थियो ।

उपचारमा संम्लग्न स्वास्थ्यकर्मीले बिहान खाना ल्याइदिन आग्रह गरेको भएपनि अपरान्हपछि मृत्युको खबर आएको परिवारका सदस्यलाई उदृत गर्दै वडाध्यक्ष बाँस्कोटाले जानकारी दिनु भयो ।

बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो दोश्रो हो । यस अघि बागलुङको ढोरपाटन नगरपालिकाका एक युवाको पनि कोरोनाका कारण मृत्यु भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । baglung post

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार