बागलुङमा ५१ सहित गण्डकीमा थपिए ९७ जना कोरोना संक्रमित

बागलुङ । बागलुमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बागलुङ नगरपालिकाको गरि ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा काठेखोला गाउँपालिका वडा नम्बर ६ का २ जना, बागलुङ नगरपालिकाका ४५ जना र तमानखोला गाउँपालिकाका ३ जना रहेका छन् ।बागलुङ नगरपालिकाका वडा नखुलेका ४६ जना पुरुष र ४ महिला रहेका छन् । ५१ संक्रमित मध्य ६ जना महिला रहेका छन् भने अन्य पुरुष रहेका छन् ।संक्रमित मध्ये २० जना नेपाली सेना, १४ जना नेपाल प्रहरी समेत रहेको बताइएको छ ।यसैगरी कास्कीमा ३० ,गोरखामा ७ ,नवलपरासीमा ६ र लमजुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार