• देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । काँग्...

  • सफलले बदनाम गरे : चालिसे

    काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम निकटका चालिसेले कृष्णगोपाल बञ्जरालाई भेटेर सुरक्षा थ्रेटसहित अपहरण गर्नेसम्मको धम्की दिएको बताउनुभएक...

  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिनुभयो । भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच स...

  • बाबुराम भट्टराईलाई माओवादीमा फिर्ता ल्याउन कुराकानी भइरहेको छ : मन्त्री पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल सुनिलले बाबुराम भट्टराईलाई माओवादीमा ल्याउन छलफल भइरहेको बताउनुभएको छ । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने सहमति भएको थियो। त्यसपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँ...

  • थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

    अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका हुन् । उक्त मुद्दामा प्र...

  • आगामी मौद्रिक नीतिले सबैखाले अर्थतन्त्रका चुनौतीको समाधान गर्नेछः गोल्छा

    काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीत...

  • एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी नै छ : परराष्ट्र मन्त्रालय

    काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताउनुभयो । सरकारले एसपीपीमा सहभागी नहुने भनी गरे...

  • माओवादी केन्द्रको बैठक आजलाई सकियो, भोलि ११ बजे बस्ने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजलाई सकिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो। भोलि ११ बजेदेखि बस्ने गरी बैठक सकिएको जनाइएको छ । आजको बैठकमा सहिदहरूलाई श्रद्धाञ्जली अर्पण, थपिएका केन्द्रीय कमिटी सदस्यहरूको शपथ ...

  • नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटियो

    काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो। अस्पतालले अघिल्लो हप्ता गरेको जिन सिक्वेन्सिङमा बीए फाइभ भेटिएको जनाएको छ। अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख...