• कैलालीमा बालकको हत्या, दुई किशोरी पक्राउ

    धनगढी । टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या भएको छ । बुधबार मृत फेला परेका उनको हत्याको आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ ग...

  • तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ-८ माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बिहीबार बिहान ५ स् ३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट खसेको पहिरोले पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो ख...

  • पाल्पामा पहिरोले पाँच घर पुरिदाँ एकको मृत्यु, एक वेपत्ता

      पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै गएको पहिरोले हिउँदे खोलमा रहेका पाँच घर पुरिएका छन । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । स्थानीय कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परि स्थानी...

  • थप २९७९ जनामा कोरोना संक्रमण , १३३३ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ आरटी पिसिआर र ४ हजार ६३ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ७९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५० हजार १ सय ६२ जनामा र एन्टिजे...

  • बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

    बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ की ८० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । गत असार २१ गते कोरोना पोजेटिभ देखिएपछि धौलागिरि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु...

  • हरिणको छालासहित दुईजना पक्राउ

    झापा। प्रहरीले हरिण मारेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् । हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्‍ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्रा...

  • सर्पको टोकाइबाट महोत्तरीमा एक महिलाको मृत्यु

    जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले ड...

  • सर्लाहीमा चक्कु प्रहार गरी हत्या, एक पक्राउ

    सर्लाही । सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ। ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। प्रहरीले सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको हो। पुरानो रिसिइबीको कारण ...

  • झापामा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु

    झापा । झापामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विर्तामोड नगरपालिका वडा नम्बर ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका वडा ८ स्थित रामकुमारी दर्जीको घरमा उनी मिटर जडान गर्न बिजुलीको पोलमा चडेका थिए। त्यसै क्...

  • बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु

    बैतडी । ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय सहचालक राजबहादुर चन्द रहेका छन् । चन्दको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै ...