करेन्टले दुबै हात गुमाएका दुई जनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग

बेनी ,विहिबार जेठ २९ गते ।
करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका लागि फ्रान्समा रहेका म्याग्दीका तप्त भण्डारी र लेक कुमारी शेरचनको संयोजनमा संकलन भएको ३ लाख ५ हजार ३ सय रुपैयाँ पत्रकार हरिकृष्ण गौतममार्फत हस्तान्तरण गरिएको हो ।

मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा एक कार्यक्रम पश्चिम म्याग्दीको दरबाङमा विद्युतीकरणमा काम गर्ने क्रममा करेन्टले हात गुमाएका पुनलाई पत्रकार हरिकृष्ण गौतममार्फत फ्रान्सबाट आएको १ लाख५२ हजार ६५० र घर नजिकै खेल्ने क्रममा विद्युत ट्रान्सफर्मरबाट प्रवाह भएको करेन्टले दुवै हात गुमाएकी विकलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष डम बहादुर गर्बुजा पुनमार्फत अभियानकी बेनी संयोजक दिबा पुनलाई हस्तान्तरण गरिएको थियो । करेन्ट लागेर घाईते भएका पुनको हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने कृशिखा उपचारपछि घर फर्किएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार