अन्नपूर्णका कृषकलाई प्राङ्गारिक कृषि खेती सम्बन्धी क्षमता अभिबृद्धि तालिम

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई प्राङ्गारिक कृषिमा आधारित क्षमता अभिबृद्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संचालिन तीन दिने तालिम सोमबार समापन भएको हो । तालिममा बालि संरक्षण अधिकृत धनबहादुर रानाले प्रशिक्षण गराउनुभएकाे थियो ।

तालिममा कृषकलाई कम्पोस्ट मल ,झोल–१ र झोल –२ र ३,प्राङ्गारिक खेती,भकारो सुधार ,माटोको उर्वरा ,रैथानी बालीको प्रवद्र्धन र बजारीकरण लगायत विषयमा गराइएको थियो ।यसैगरी सहायक प्रशिक्षक कृषि स्नातक प्राविधिक कृति आचार्यले पनि प्रशिक्षण गराउनुभएको थियो । तालिममा २५ जना कृषकको सहभागीता रहेको थियो ।

तालिममा सहभागी कृषकलाई गाउँपालिकाले २५ जनालाई प्रति व्यक्ति एक थान क्यारेट र प्रति व्यक्ति चार केजी गँड्यौला मल वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख हेमन्त बहादुर शाहीले बताउनुभयो । गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले कृषकलाई  क्यारेट र मल वितरण गर्नुभएकाे थियाे ।

गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले तालिमले कृषकलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उत्पादनमा जोड दिन आग्रह गर्दै आवश्यक पुर्वाधार निर्माण ,सिप हस्तान्तरणमा गाउँपालिकाले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार