पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सम्पन्न पुर्ख्याैली नाच प्रतियाेगिताकाे उपाधि वडा नम्बर ८ काफलडाँडाकाे पुर्ख्याैली नाच समुहले जितेकाे छ ।भूमे पुजाको अवसरमा वडा नम्बर २ कार्यालयद्वारा आयोजित  तीन दिन सम्म सञ्चालित सर्वाधीक पुरस्कार राशीकाे  प्रतियाेगितामा विभिन्न ११ पुर्ख्याैली समूहले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा वडा नम्बर १ दोबाको पुर्ख्याैली समूह द्धितिय,भुरुङ तातोपानी मैत्री समाज पोखरा पुर्ख्याैली समूह तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहलाई क्रमशः नगद एक लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ६५ हजार रुपैयाँको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।सहभागी सबै समूहलाई नगद  १५ हजार रूपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको वडा अध्यक्ष एवंम प्रतियोगिताका संयोजक ओमप्रसाद फगामीले जानकारी दिनुभयो । मगर समूदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्याैली नाचको संरक्षण र संवद्र्धन गर्ने उदेश्यले प्रतियाेगिता सञ्चालन गरिएकाे उहाँले बताउनुभयाे । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुर्ख्याैली नाच प्रतियोगितालाई सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो भने वडा कार्यालयले देश तथा विदेशमा रहेका भुरुङबासीको अग्रसरतामा  १९ लाख रूपैयाँ बढी सहयोग जुटाएर प्रतियोगितालाई सफल बनाएको जनाएको छ ।

प्रतियोगितामा मादलेतर्फ रिमाको पुर्ख्याैली समूह ,मारुनीतर्फ शिखको पुर्ख्याैली समूह, हाइमार्ने समूहतर्फ पाउद्धार पुर्ख्याैली समूह, माका तथा लय तर्फ काफलडाँडा पुर्ख्याैली समूह , पोशाकतर्फ नारच्याङ लेकगाउँ र अनुशासनतर्फ भुरुङ तातोपानी पुर्ख्याैली समूह उत्कृष्ट घोषित भएका थिए । विद्यागत रुपमा उत्कृष्ट घोषित पुर्ख्याैली समूह प्रत्येकलाई नगद र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष एवम प्रतियोगिताका मुल संयोजक फगामी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताले यस क्षेत्रमा रहेको पुर्ख्याैली नाचको संरक्षण र अन्तरपुस्ता हस्तान्तरणमा सघाउने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । उहाँले कला, संस्कृतिको संरक्षणको लागि आगामी दिनमा समेत गाउँपालिकाले प्राथमिकता दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार