लकडाउनबाट प्रभावित यातायात ब्यवसायीहरुलाई आर्थिक सहयोग

बेनी ,शुक्रबार असार ०५ गते ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनबाट प्रभावित यातायात ब्यवसायीलाई म्याग्दी यातायात ब्यवसायी प्रा.लिले आर्थिक सहयोग गरेको छ । चैत्र महिना देखि बन्द भएपछि यातायात ब्यवसायी मर्कामा परेको भन्दै प्रा.लिले १ सय ६० ब्यवसायीलाई प्रति ब्यवसायी ७ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको हो । विहिबार संचालक समितिका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले लकडाउनबाट प्रभावित ब्यवसायीहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

‘लकडाउनबाट प्रभावित प्रा.लि मातहतमा सञ्चालित १६० जना यातयात ब्यवसायीलाई प्रति ब्यक्ति ७ हजार ५ सय रुपैयाँ दरले राहत वितरण गरिएको हो ,’ सचिव सुमन श्रेष्ठले भन्नुभयो । कोरोना त्रास र लकडाउनका कारण तत्काल सार्वजनिक यातायात सञ्चालनको सम्भावना नभएकाले वित्तिय संस्थाको किस्ताब्याजका साथै ब्यवसायी नै पलायन हुने अवस्थामा पुगेको प्रा.लिका सचिव श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार