रास्वपा मंगला गाउँपालिका सभापतिमा सुवेदी

  म्याग्दी न्यूज संवाददाता

बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगला गाउँपालिका सभापतिमा प्रतिक सुवेदी चयन हुनुभएको छ । आइतबार बाबियाचौरमा सम्पन्न प्रथम अधिवेशनबाट सुवेदी सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । जिल्ला सभापति युवराज रोका मगरका अनुसार ,कार्यसमितिको उपसभापतिमा मन बहादुर छन्त्याल,सचिवमा हरी आचार्य , सहसचिवमा भिमकली सुनार चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा याम कुमारी अधिकारी,जीतमान गौचन,याम बहादुर खड्का, दिल कुमार रेग्मी ,नेत्र बहादुर खत्री चयन हुनुभएको छ ।यसैगरी, पालिका अधिवेशनले तीन जना जिल्ला अधिवेशन प्रतिनिधि, एक जना प्रदेश अधिवेशन प्रतिनिधि तथा एक जना केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गंगा छन्त्यालले पार्टीको नीति तथा कार्यक्रम र सरकारले गरेका कामलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । रास्वपा म्याग्दीले वडा स्तरको संगठन विस्तारलाई तीब्र बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार