म्याग्दीमा थप एक जनामा कोरोना पुष्टि ,स्वास्थ्य अवस्था सामान्य

बेनी ,शनिबार असार ०६ गते ।
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ २३ गते दुबईबाट आउनुभएका संक्रमित पुरुष बेनी स्थित म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बस्नुभएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई बेनी बजार स्थित आइसोलेसन कक्षमा राखिएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ४ पुगेको छ ।

म्याग्दीबाट स्वाब नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएका २५७ मध्ये २०८ वटाको परिक्षण रिपोर्ट आएकोमा २०२ वटा रिपोर्ट नेगेटिभ र बेनी बजार स्थित आइसोलेसन कक्षमा उपचाररत संक्रमितको दोस्रो र तेस्रो नमुना सहित ६ वटा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

थप ४९ जनाको रिपोर्ट आउन बाँकी रहको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पहिलो संक्रमितको तेस्रो तथा दोस्रो संक्रमितको दोस्रो स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएसंगै उनिहरुलाई डिस्चार्ज गर्ने तयारी रहेको निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार