जुग्जामा सामुदायिक भवन निर्माण

अमर पुन/जुग्जा,शुक्रबार असार २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जामा सामुदायिक भवन निर्माण भएको छ ।

वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ बजेट र स्थानीको जनश्रमदानबाट ८० हजार ९ सय ८५ गरी कुल ५ लाख ६० हजार ९ सय ८५ बराबरको लागतमा सो भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष तेक बहादुर घर्र्तिले जानकारी दिनुभयो ।

गाउँमा हुने सामाजीक कार्य एवम् विभिन्न कार्यक्रमका लागि सो भवन निर्माण गरिएको तताउनुभयो । उहाँका अनुसार सो भवनबाट तीन स ५५ जना लाभाम्वीत भएका छन् ।

1 thought on “जुग्जामा सामुदायिक भवन निर्माण

  1. Khushi laagyo yo nirman bhaekoma. Yo bhawanko upayog ramrari hos ra marmat sambharma nirantar dhyan jaos. Samudayik karya garna lai bhane sano bhaeko anuman lagyo. Kamsekam 150 dekhi 200 Manchhe atnenkisimko trank type ko bhae sabai bhi*ra basera kam sampanna garna sakinthyo. Arko paltako bajet auda pharakilo banauna bichar prati dhyan jaaos. Jehos Jugjawashi ra adhaxelai dhanya bad dina chahanchhcu bhawan sampanna garekoma.

Leave a Reply

Your email address will not be published. Required fields are marked *