बाघको आक्रमणबाट तीन वटा बाख्रा मरे

बेनी ,सोमबार मंसिर १६ गते ।
म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा ,झाँक्रिपानी स्थित स्थानीयको खोरमा राखिएका तीन वटा बाख्रा बाघको आक्रमणबाट मरेका छन् । आइतबार राती झाँक्रिपानी स्थित सोमबहादुर छन्त्यालको खोरमा राखिएका तीन वटा बाख्रा माथि आक्रमण गरी मारेको स्थानीय युवा दर्पण रोका मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पटकपटक बाघको आक्रमणबाट दैनिक बाख्रा, कुखुरा लगायतको जनावर मार्दै आएको छ । बाघको आक्रमणको त्रासले स्थानीयहरु घास दाउरा गर्न वनजंगल जान सकेका छैनन् । बाघको नियन्त्रण गर्न र राहत दिन किसानहरुले माग गरेका छन् । यसअघि सन्तोष थापाको ४ वटा र रनबहादुर रोकाको ८ वटा खसी, बोका र बाख्रा चितुवाले खाएको रोकाले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार