भारतबाट घर फर्किएका म्याग्दीका एक व्यक्ति सम्पर्कविहिन

बेनी ,मंगलबार पौष १५ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एक व्यक्ति ६ दिनदेखी सम्पर्कविहिन हुनुभएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुन सम्पर्कविहिन हुनुभएको हो ।

भारतको मद्रसामा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आउनुभएका पुन पुष ६ गते कम्पनीबाट बिदा लिएर छुट्टी मनाउन नेपालतर्फ लाग्नुभएको थियो । पुष ९ गते बिहान ६।३० बजे गोरखपुरबाट सामाजिक सञ्जाल म्यासेन्जरमा परिवारलाई सम्पर्क गर्नुभएका पुनको अवस्था त्यसयता बेखबर भएको परिवारका सदस्यले बताउनुभएको छ ।

गोखरपुरबाट हिँडेको ६ दिनसम्म पनि घर आइनपुगेपछि परिवारले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिनुका साथै खोजीका लागि अपिल गरिएको आफन्त लोकेश पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार