अर्मनका मृर्गौला रोगी छन्त्याल बचाउ अभियानलाई दश लाख रुपैयाँ सहयोग

बेनी ,शुक्रबार पौष १८ गते ।
जिल्लाको मंगला गाउँपालिका –५अर्मन ,नेताका मृर्गौला पिडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । विगत बीस महिनादेखी मृर्गाैला रोगबाट ग्रसित छन्त्याललाई म्याग्दी मगर समाज काठमाण्डौं उपत्यका र अर्मन समाज काठमाण्डौंको पहलमा दश लाख रुपैयाँ सहयोग रकम प्राप्त भएको हो । सो रकम म्याग्दी समाज र अर्मन समाज काठमाण्डौंका अध्यक्ष टंक बुढाथोकीले सुरेश बचाउन अभियान सांलन गरिरहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

दुवै मृगौलाले काम गर्न छाडेपछि २० बर्षिय छन्त्याल काठमाण्डौं स्थित अल्गा अस्पताल ललितपुरमा उपचार गराइराखेका छन् । छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषका सदस्य डकबहादुर रोका मगरको संयोजकत्वमा कोषले विगत डेढ बर्षदेखि आर्थिक संकलन अभियान संचालन गरेको थियो । अर्मन समाज काठमाण्डौको १० लाखसहित हालसम्म ३४ लाख सहयोग संकलन भइसकेको अध्यक्ष शाक्यले बताए ।

सुरेश बचाउ अभियानमा अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा सो रकम संकलन गरिएको अध्यक्ष बुढाथोकीले बताए । काठमाण्डौ उपत्यका रहेका म्याग्दी अर्मनबासी लगायतको सहयोगमा सो रकम संकलन गरिएको उनले जानकारी दिए । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले आर्थिक संकलन अभियान थालेको थियो । आर्थिक सहयोग संकलन रकम जुटेपनि मृर्गौला प्रत्यारोपणका लागि पर्याप्त नभएको छन्त्यालकी आमा सिता पाइजा छन्त्यालले बताइन् । छन्त्यालका बुबा र ठुलो बुबाले मृर्गौला दान गर्ने भनिए पनि स्वास्थ्यमा समस्या भएपछि छोरालाई प्रत्यारोपाणका लागि भारतको कोलकत्तामा लैजाने तयारी रहेको आमा पाइजा पुनले जानकारी दिइन् ।

अध्यक्ष शाक्यको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र समाजका अध्यक्ष बुढाथोकीले मन्तव्य राखेका थिए । सुरेश छन्त्यालको ठुलोबुवा हिमबहादुर छन्त्यालको उपस्थित रहेको कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य तथा सहसचिव सन्दिप खत्रीको संचालनमा सहयोग हस्तान्तरण सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार