नेपाल मगर बिद्यार्थी संघ ,बेनी सामुदायिक इकाईमा पाइजा

बेनी ,बिहिवार फागुन १५ गते ।
नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनी बजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालय इकाई समितिमा सोनिया पाइजा मगरको अध्यक्षतामा मुल इकाई समिति गठन गरेको छ ।

अध्यक्ष पाइजा सहित  उपाध्यक्ष प्रमिना थजाली मगर,सचीव खिम बहादुर थापा मगर,सहसचिव अन्जु गर्बुजा मगर ,कोषाध्यक्ष मिलन चोचाङ्गी मगर लगायत २० सदस्यीय कार्यसमिति गठन गरिएको नेपाल मगर संघ ,म्याग्दीका अध्यक्ष  बिजय घर्ती मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस अघि  म्यादी क्याम्पस सहित विभिन्न बिधालयमा मुल इकाई समिति गठन गरिएको छ ।

कार्यक्रममा नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय सदस्य रश्मी रोका मगरले मगर समुदायको लोपोन्मुख भाषा ,कला ,संस्कार तथा  संस्कृतिको संरक्षण एवम्  जगेर्ना गर्नमा बिद्यार्थी तथा युवाहरुको महत्त्वपूर्ण भुमिका हुने बताउनुहुँदै शैक्षिक कार्यक्रम मार्फत अभियान चलाउनुपर्नेमा जोड दिनुभयो  ।कार्यक्रममा नेपाल मगर संघ ,गण्डकी प्रदेश सचीव  तथा जिल्ला कार्यसमिति म्याग्दीका सचीव समीर रोका मगर ,जिल्ला उपाध्यक्ष दर्पन रोका मगर लगायतले बोल्नुभएको थियो । जिल्ला कार्यसमिति म्याग्दीका  अध्यक्ष घर्ती मगरको अध्यक्षता ,संचालन नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश सचिव तथा जिल्ला कार्यसमिति म्याग्दीका सचीव रोका मगरको संचालन र उपाध्यक्ष  रोका मगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार